सरकारले विघटन गर्‍यो भूमि आयोग [मन्त्रिपरिषद्‌को निर्णयसहित]

हिमाल प्रेस ९ चैत २०८० १७:०३ | Friday, March 22, 2024
सरकारले विघटन गर्‍यो भूमि आयोग [मन्त्रिपरिषद्‌को निर्णयसहित] फाइल तस्बिर

काठमाडौँ- सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको हो। योसँगै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ।

त्यसैगरी हुम्ला-फुकोट ४०० केभी विद्युत् प्रसारण लाइनका लागि ११३ रोपनी सरकारी जग्गा प्रयोगका लागि अनुमति दिने निर्णय पनि सरकारले गरेको छ। त्यस्तै सरकारले मिटरब्याजपीडितबारे जाँचबुझ आयोग पनि गठन गरेको छ।

प्रकाशित: ९ चैत २०८० १७:०३ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast