काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संघीय सरकारबारे निर्णय लिन आज बैठक बस्दैछ।
आज बिहान नौ बजे २१ जना संस्थापकहरूको बैठक बस्दैछ। संस्थापकहरू सहितको सांसदहरूको बैठक दिउँसो बस्ने भएको हो।
बैठकले संघीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ।
प्रकाशित: १४ चैत २०८० ८:२९ | Wednesday, March 27, 2024
प्रतिक्रिया





