सरकारमा आउन अन्य दललाई एमालेको आग्रह

हिमाल प्रेस २५ फागुन २०८० १२:०७ | Friday, March 8, 2024
सरकारमा आउन अन्य दललाई एमालेको आग्रह एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रमुख सत्ता घटक नेकपा एमालेले अन्य दललाई पनि सरकारमा सामेल हुन आग्रह गरेको छ। केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले अन्य दललाई पनि सरकारमा सामेल हुन आग्रह गरेको हो।

सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्न नयाँ गठबन्धनमार्फत सरकार बनाइएको बताउँदै सरकारलाई साथ र समर्थनका लागि अन्य दललाई अनुरोध गरिएको बताए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको वर्तमान सरकारले मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा काम गर्ने विश्वास राखेको पनि उनले बताए।

त्यसैगरी बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेकाे पनि पाेखरेलले जानकारी दिए।

त्यसअघि वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गर्ने र वैशाख १० गते स्थापना दिवसको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको पोखरेलकाे भनाइ छ।

प्रकाशित: २५ फागुन २०८० १२:०७ | Friday, March 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast