 
                             
                                            काठमाडौँ- नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सरकारले जथाभावी काम गरेमा सांसदहरू रमिते बनेर बस्न नमिल्ने बताएका छन्।
रासससँगकाे कुराकानीमा उनले भने,‘वस्तुगत आधारमा विषयवस्तुलाई हेर्छौं। हामीले सरकारबाट राम्रो काम हुँदा धन्यवाद दिन्छौँ। नराम्रो काम हुँदा आँखा चिम्लेर बस्दैनौँ। सेतोलाई कालो भन्न हामी बाध्य हुने छैनौँ। मेरो अनुभवकै कुरा गर्दा विपक्षमा रहँदा संसद्मा प्रधामन्त्रीसँग सांसदका प्रश्नोत्तरलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट भूमिका खेल्न सकेँ भन्ने लाग्छ।’
त्यसैगरी सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीलाई आत्मसात् गरेर देश र जनताका लागि काम गर्नुपर्ने बताए।
उनले भने,‘प्रधानमन्त्रीले विगतका कमजोरीलाई आत्मसात् गरेर देश र जनताका लागि काम गर्न साँच्चिकै अग्रसर हुन खोज्नुभएको हो भने हामीले पूर्णरुपमा साथ दिन्छौँ। सबैलाई राम्रो ठानेर ‘नाइस टु अल’ भन्ने भावना प्रधानमन्त्रीले लिनुपर्दछ। उहाँले प्राप्त स्वर्णिम अवसरलाई सदुपयोग गर्नसक्नुपर्दछ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 