समाजवादीले विश्वासको मत नदिने भएपछि प्रचण्ड र ओलीले भेटे नेपाल

हिमाल प्रेस २९ फागुन २०८० ११:३४ | Tuesday, March 12, 2024
समाजवादीले विश्वासको मत नदिने भएपछि प्रचण्ड र ओलीले भेटे नेपाल

काठमाडौँ- सत्ता साझेदार तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

आज बिहान संसद् भवन नयाँ बानेश्वर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो।

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लगायतको विषयमा छलफल भएको हो।

हिजो बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्ना मागबारे प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रियसभाको अध्यक्षमा र सरकारलाई विश्वासको मत नदिने चेतावनी दिएको थियो।

एकीकृत समाजवादीका मागका बारेमा छलफल गर्न सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो।

प्रकाशित: २९ फागुन २०८० ११:३४ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast