सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : माधव नेपाल

हिमाल प्रेस २ चैत २०८० २२:१६ | Friday, March 15, 2024
सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : माधव नेपाल माधवकुमार नेपाल।

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन्।

पार्टीनिकट महिला संघद्वारा आज (शुक्रबार) आयोजित भेलामा उन्ले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उनले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २ चैत २०८० २२:१६ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast