सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कपको फाइनलमा

हिमाल प्रेस २८ फागुन २०८० १३:४७ | Monday, March 11, 2024
सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कपको फाइनलमा

काठमाडौँ- पारस खड्काले कप्तानी गरेको सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ। आज रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको टी-१० प्रतियोगितामा लिजेन्ड्स १९९६लाई हराउँदै फाइनल पुगेको हो।

लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य ९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गरेर विश्वकप टोली फाइनल पुगेको हो। जितका लागि विश्वकप टोलीका  वीरेन्द्र शाहले सर्वाधिक ३५ रन जोडे। कप्तान पारस खड्का ६, ममता थापा ०, दीपेन लम्गेड ९, प्रफुल्ल वैद्य र स्यामसुङ जुङ थापा शून्य रनमा आउट भए । शक्ति गौचन ६ र शरद भेषावकर ६ रनमा अविजित रहे ।

बलिङमा लिजेन्ड्स १९९६ का बसन्त शाही ठकुरीले ३ र कप्तान लेखबहादुर क्षेत्री र किरण रानाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लिजेन्ड्स १९९६ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६७ रन बनाएको थियो। अब केहीबेरमा रुपन्देही लिजेन्ड्स र रेस्ट अफ नेपालबीच खेल हुनेछ। दोस्रो खेलको विजेत टोलीले फाइनलमा सन् २०१४ को टी-२० विश्वकप टोलीसँग भिड्नेछ।

 

प्रकाशित: २८ फागुन २०८० १३:४७ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast