सन्तोषले ल्याए कविशिरोमणि पौड्यालको गजल ‘हे मातृभूमि’ 

हिमाल प्रेस १३ चैत २०८० १२:४० | Tuesday, March 26, 2024
सन्तोषले ल्याए कविशिरोमणि पौड्यालको गजल ‘हे मातृभूमि’ 

काठमाडौँ- संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वरमा ‘हे मातृभूमि’ बोलको गीत सार्वजनिक भएको छ। गीत कविशिरोमणि लेखनाथ पौड्यालको गजल लालित्य भाग २ मा आधारित छ। गीतमा सन्तोषले नै संगीत भरेका छन्।

स्टुडियो किङमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्। सोह्रखुट्टेस्थित लेखनाथ साहित्य भवनपरिसरमा गीतको छायांकन गरिएको छ। हेमप्रभास अधिकारीले छायांकन गरेको भिडियो वीरेन्द्र भाट (विपीन)ले सम्पादन गरेका छन्।

श्रेष्ठले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’ सत्यमोहन जोशीको गजल ‘माया रानीलाई’ र राष्ट्रकवि माधव प्रसाद घिमिरेको गजल ‘पश्चिम रुन्छ महाकाली’ सार्वजनिक गरिसकेका छन्।

यस्ताे छ गीत

 

 

प्रकाशित: १३ चैत २०८० १२:४० | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast