संसद्लाई प्रभावकारी बनाउन देउवा र प्रचण्डबीच छलफल

हिमाल प्रेस १५ चैत २०८० ११:३८ | Thursday, March 28, 2024
संसद्लाई प्रभावकारी बनाउन देउवा र प्रचण्डबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहजरूपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन्।

प्रकाशित: १५ चैत २०८० ११:३८ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast