संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभामा प्रस्तुत

हिमाल प्रेस १ चैत २०८० १५:५३ | Thursday, March 14, 2024
संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभामा प्रस्तुत प्रतिनिधिसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभामा प्रस्तुत भएको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकिय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखि तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले निजामती कर्मचारीलाई राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामुलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए।

मन्त्री जोशीले निर्माणमुखि सामग्री(व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव पनि संसद्‌मा प्रस्तुत गरेका थिए। सो विधेयकको सम्बन्धमा भने सभामा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ।

प्रकाशित: १ चैत २०८० १५:५३ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast