शिक्षक संघसंगठनका प्रतिनिधिलाई देउवाले भने- शिक्षा विधेयकमा तपाईँहरूका माग समेट्न कांग्रेस सकारात्मक छ

हिमाल प्रेस ७ चैत २०८० ११:१८ | Wednesday, March 20, 2024
शिक्षक संघसंगठनका प्रतिनिधिलाई देउवाले भने- शिक्षा विधेयकमा तपाईँहरूका माग समेट्न कांग्रेस सकारात्मक छ

काठमाडौँ- नेपाल शिक्षक महासंघसहितका शिक्षक संघसंगठनले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग र मुद्दाबारे ध्यानाकर्षण गराएका छन्।

शिक्षक संघसंगठनले संसद्को जारी अधिवेशनबाट शिक्षकका माग र यसअघि सरकारसँग भएका सहमति समेटेर विधेयक पारित प्रक्रियामा साथ दिन  सभापति देउवालाई आग्रह गरेका हुन्।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक–२०८० माथि प्रतिनिधिसभाअन्तर्गको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको छ।

पूर्वप्रधानमन्त्री देउवाले शिक्षा ऐनबारे नेपाली कांग्रेस शिक्षक र विद्यालय कर्मचारीले अघि सारेका हरेक मागमा आफू सकारात्मक रहेको बताएका थिए। उनले विधेयकमा  महासंघका माग समेट्न आफूले सक्दो पहल गर्ने बताएका थिए।

देउवाले प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण गराउन  शिक्षक नेताहरूलाई आग्रह गरेका छन्।

देउवाको भनाइ उद्घृत गर्दै संस्थागत विद्यालय शिक्षक युनियन, राष्ट्रिय समिति (ईस्टू) का कार्यवाहक महासचिव भूपाल उप्रेतीले भने,‘शिक्षा विधेयकमा तपाईँहरूका सरोकारमा हामी सकारात्मक छौँ। तपाईँहरू एमाले अध्यक्ष केपी शर्मा ओलीजीलाई भेट्नुस्।’

प्रकाशित: ७ चैत २०८० ११:१८ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast