शिक्षकको बिदा एकाइबाट गर्ने व्यवस्था गर्न सुझाव

हिमाल प्रेस १० चैत २०८० १३:४० | Saturday, March 23, 2024
शिक्षकको बिदा एकाइबाट गर्ने व्यवस्था गर्न सुझाव

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षकको बिदासम्बन्धी सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेका बेला महासंघले सरकारलाई सो सुझाव पेस गरेको हो।

महासंघले अध्ययन बिदा, लामो विरामी बिदा, बेतलवी बिदा तथा असाधरण बिदाको स्वीकृति पालिकाको सिफारिसमा जिल्लामा हुने शिक्षाको एकाइबाट गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

महासंघले सुझाव पत्रमा उल्लेख गरेको छ,‘अस्थायी प्रकृतिका शिक्षकको पनि बिदा सञ्चित हुने र सो अनुसार रकम पाउने व्यवस्था गर्नुपर्छ।’

प्रकाशित: १० चैत २०८० १३:४० | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast