लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

हिमाल प्रेस ३ चैत २०८० ९:२८ | Saturday, March 16, 2024
लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य फाइल तस्बिर

काठमाडौँ- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ। चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।

प्रकाशित: ३ चैत २०८० ९:२८ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast