लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको सेमिफाइनलमा

हिमाल प्रेस ५ चैत २०८० ७:२५ | Monday, March 18, 2024
लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको सेमिफाइनलमा

काठमाडौँ- लिभरपुलमाथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई ४-३ ले हराउँदै म्यानचेस्टर अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय युनाइटेडले बाजी मार्न सफल भयो।

खेलको १०औं मिनेटमा स्कट मकटोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर नै युनाइटेडले दुई गोल खान पुग्यो।

४४औं मिनेटमा डार्विन नुनेजको क्रसमा एलेक्सिस मक्यालिसटारले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाए।

युनाइटेडका लागि खेलको ८७औं मिनेटमा एन्टोनीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेलेका हुन्।

यसँसगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ। युनाइटेडसहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी सेमीफाइनलमा पुगेका छन् ।

प्रकाशित: ५ चैत २०८० ७:२५ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast