लगानी सम्मेलनमा सहभागिताका लागि साउदी लगानीकर्तालाई चन्द्र ढकालको आह्वान

हिमाल प्रेस २७ फागुन २०८० १९:०१ | Sunday, March 10, 2024
लगानी सम्मेलनमा सहभागिताका लागि साउदी लगानीकर्तालाई चन्द्र ढकालको आह्वान

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन्।

आज (आइतबार) नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपालस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा सम्बोधन गर्दै उनले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरूलाई आग्रह गरेका हुन्।

लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरूलाई सहज वातावरण बनाउन नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए।

नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका सम्भावनाहरू सिर्जना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सिर्जना भएको तर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।

नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। जलविद्युत् उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युत्मा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरे।

लगानी वेबिनारमा लगानी बोर्डका प्रमुख कार्यकारी सहित साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपालस्थित साउदी अरब राजदूत सहित साउदी अरब तथा नेपालका लगानीकर्ताहरूको सहभागिता थियो।

प्रकाशित: २७ फागुन २०८० १९:०१ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast