लक्ष्मण पोखरेलको ‘दिल रोएको बेला’ [भिडिओ]

हिमाल प्रेस १७ चैत २०८० १४:०२ | Saturday, March 30, 2024
लक्ष्मण पोखरेलको ‘दिल रोएको बेला’ [भिडिओ]

काठमाडौँ- लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सो म्युजिक भिडिओ अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो।

यस गीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन्। नारायण रेग्मीको शब्द रहेको यस गीतको म्युजिक भिडिओमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन्।

म्युजिक भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। यस गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेसनका अध्यक्ष अनुपजंग थापा (विचित्र) ले बताए।

नेपाली गीत, संगीत संरक्षण गर्ने उद्देश्यले यस फाउन्डेसन स्थापना गरिएको हो। फाउन्डेसन नेपाली गीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय छ। गीत संगीतबाट आएको आम्दानी फाउन्डेसनमार्फत परोपकारी कार्यमा काम खर्च गर्दै आएको अध्यक्ष थापा बताउँछन्।

लामो समयपछि मिठो गीत दर्शक स्रोतामा ल्याउन सफल भएकोमा गायक स्वरुपराज आचार्य, गायिका अन्जु पन्त संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मी खुसी भएको अध्यक्ष थापाले बताए। यस गीतको म्युजिक भिडिओ मुकेश हुमागाईंले छायांकन गरेका हुन्। यसमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ। चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले सो म्युजिक भिडिओको निर्देशन गरेका हुन्।

प्रकाशित: १७ चैत २०८० १४:०२ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast