रौतहटमा मनिट्रान्सफर सञ्चालकको कन्चटमा भारतीय लुटेराद्वारा गोली प्रहार

हिमाल प्रेस २ चैत २०८० १५:२१ | Friday, March 15, 2024
रौतहटमा मनिट्रान्सफर सञ्चालकको कन्चटमा भारतीय लुटेराद्वारा गोली प्रहार प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- रौतहटस्थित एक मनिट्रान्सफरमा पैसा लुटपाट गर्न आएका भारतीय नागरिक सञ्चालकमाथि गोली प्रहार गरेका छन्। त्यहाँको शिव मनिट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहको कन्चटमा गोली प्रहार भएको रौतहटका प्रहरी प्रमुख एवम् एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

 गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

गोली प्रहार गरी लुटपाट गर्न आएका भारत बिहार राज्य मोतिहारी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल पनि बरामद गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २ चैत २०८० १५:२१ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast