राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा हुने

हिमाल प्रेस २७ फागुन २०८० १९:२७ | Sunday, March 10, 2024
राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा हुने

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन्।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। दाहाल माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।

नेपाली कांग्रेसले भने राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ।

प्रकाशित: २७ फागुन २०८० १९:२७ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast