राष्ट्रियसभामा अन्सारीको निधनमा शोक प्रस्ताव पेस हुने

हिमाल प्रेस ५ चैत २०८० ८:५४ | Monday, March 18, 2024
राष्ट्रियसभामा अन्सारीको निधनमा शोक प्रस्ताव पेस हुने राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद अन्सारीको हिजो बिहान काठमाडौँको नयाँबानेश्वरस्थित नागरिक अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: ५ चैत २०८० ८:५४ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast