राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत्र ४ गते

हिमाल प्रेस १ चैत २०८० ७:२५ | Thursday, March 14, 2024
राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत्र ४ गते फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत्र ४ गते हुने भएको छ।

बुधबारको राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आईतवारको दिन तोकेको जानकारी गराए।

उनले समिति सभापतिहरुको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए।

राष्ट्रियसभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

 

प्रकाशित: १ चैत २०८० ७:२५ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast