राष्ट्रपति पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया

हिमाल प्रेस १५ चैत २०८० १३:१० | Thursday, March 28, 2024
राष्ट्रपति पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ। त्रिवी शिक्षण अस्पतालअन्तर्गत बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट बुधबार दिउँसो दायाँ आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो।

यसअघि पनि पौडेलको बायाँ आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको र राष्ट्रपति पौडेल बुधबार नै डिस्चार्ज भइसकेको त्रिवी शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए।

प्रकाशित: १५ चैत २०८० १३:१० | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast