‘रावायण’ भदौ २१ मा प्रदर्शन

हिमाल प्रेस ११ चैत २०८० १४:२४ | Sunday, March 24, 2024
‘रावायण’ भदौ २१ मा प्रदर्शन

काठमाडौँ-  फिल्म ‘रावायण’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले आगामी भदौ २१ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

शिवम् अधिकारीको लेखन रहेको फिल्म सुदर्शन थापाले निर्देशन गर्नेछन्। निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्। चैत तेस्रो सातादेखि छायांकन सुरु गर्ने निर्माण टिमको तयारी छ।

फिल्ममा पूजासहित पल शाह, प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकालको अभिनय रहनेछ। फिल्म सौरभ लामाले छायांकन गर्नेछन्।

फिल्म सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्नेछ।

प्रकाशित: ११ चैत २०८० १४:२४ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast