रामेछापमा वैशाख ६ देखि तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

हिमाल प्रेस १४ चैत २०८० ११:२४ | Wednesday, March 27, 2024
रामेछापमा वैशाख ६ देखि तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

काठमाडौँ- तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा हुने भएको छ। रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा गरिने आयोजक सेलिब्रेटी नेपालले  जनाएकाे छ।

प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, छोटो फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरु प्रदर्शन गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न  संवाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए।

निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन्। मगरले आफ्नै गृह जिल्ला यस्तो महोत्सव गर्न पाँउदा खुसी लागेको बताए।

महोत्सवमा करिब २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिहरुसँग गाउँका दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन्। रामेछाप जिल्ला फिल्म हल छैन। फिल्म हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली फिल्म क्षेत्रको प्रचारप्रसार हुने आयोजकको अपेक्षा छ। महोत्सवमा करिब ३ हजार दर्शकको सहभागीता गराउने आयोजकको लक्ष्य छ।

प्रकाशित: १४ चैत २०८० ११:२४ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast