राजनीतिमा गति र मति भएका व्यक्तिको खाँचो छ : कांग्रेस महामन्त्री थापा

हिमाल प्रेस १३ चैत २०८० १७:४७ | Tuesday, March 26, 2024
राजनीतिमा गति र मति भएका व्यक्तिको खाँचो छ : कांग्रेस महामन्त्री थापा कांग्रेस महामन्त्री गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको बताएका छन्। कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरू हावी हुन थालेको भन्दै इमानदारसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए।

उनले छट्टुहरु केही समयका लागि आउने, झुक्काउने र रंगरोगन गरेर जाने भएकाले गति र मति भएकाहरुको राजनीतिमा आवश्यकता देखिएको धारणा राखे। साथै उनले अहिले घरभित्रको फोहरहरुलाई सफा बनाएर ठिक ढंगले लय पक्रनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने, ‘नयाँ पुस्ताले चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले दुरुपयोग गरेका छन्।’ नेपाली राजनीति र समाज रुपान्तरणमा स्वर्गीय नेता जोशीले खेलेको भूमिकाका थापाले प्रशंसा गरे।

कांग्रेसका नेता प्रदीप पौडेलले सरकारी गठबन्धन आफूभित्रको झगडाले समाप्त हुने दाबी गरे। सत्ता चाहिने प्रवृत्ति अन्त्य गर्नका लागि फरक ढंगले संगठित हुन जरुरी रहेको उनको भनाइ थियो।

प्रकाशित: १३ चैत २०८० १७:४७ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast