रवि लामिछाने भन्छन्, कांग्रेसले नैतिकताको कुरा गर्न सुहाउँदैन

हिमाल प्रेस ६ चैत २०८० १७:२९ | Tuesday, March 19, 2024
रवि लामिछाने भन्छन्, कांग्रेसले नैतिकताको कुरा गर्न सुहाउँदैन रवि लामिछाने

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको नसुहाउने बताएका हुन्।

एउटा पूरक वा ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले मूल्यांकन गरेको लामिछानको दाबी छ।

लामिछानेले कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए।

लामिछानेले भने, ‘संसद्मा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाई सम्मान गर्छौँ। आयोगको विषय संसद्को अधिकारको कुरा हो।’

प्रकाशित: ६ चैत २०८० १७:२९ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast