रङ्गेली’ भारतमा प्रदर्शन हुँदै

हिमाल प्रेस ४ चैत २०८० १३:०२ | Sunday, March 17, 2024
रङ्गेली’ भारतमा प्रदर्शन हुँदै

काठमाडौँ- गत फागुन २५ देखि नेपालमा प्रदर्शनरत फिल्म ‘रङ्गेली’ भारतका एक सयभन्दा बढि हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै भारतका एक सयभन्दा बढि हलमा प्रदर्शन हुन लागेको जानकारी दिएको छ।

भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले ‘रङ्गेली’लाई प्रदर्शन गर्न लागेको हो। युसुफ शेखको नेतृत्वमा फिल्मको स्कृप्ट हिन्दीमा अनुवादको काम भईरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए। उनकाे अनुसार भारतमा प्रदर्शन मिति छिट्टै घोषणा गरिनेछ। फिल्मको हिन्दी डबिङ भने मुम्बईमा हुने बताइएको छ।

नेपालपछि अमेरिकामा प्रदर्शन भइसकेको फिल्म क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि प्रदर्शनको तयारी भइरहेको बताइएको छ।

नेपाली दर्शकबाट राम्रो प्रतिक्रिया पाएसँगै विदेशमा फिल्मको माग बढेको निर्देशक अर्जुन सुवेदी बताए। ग्याङ्स्टर जनरामा बनेको फिल्मको अन्तमा प्रस्तुत गरिएको अभिनेता आर्यन सिग्देल भिलेन अवतारले दर्शकलाई सरप्राइज बनाइरहेको सुबेदीको बुझाई छ।

सुसन प्रजापतिको छायांकन गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल, रबीन बोगटी, सन्तोष सरकारलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ४ चैत २०८० १३:०२ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast