रङ्गेलीको गीत ‘फूल ओइलिएर’

हिमाल प्रेस १ चैत २०८० १२:१९ | Thursday, March 14, 2024
रङ्गेलीको गीत ‘फूल ओइलिएर’

काठमाडौँ- फागुन २५ देखि प्रदर्शनरत फिल्म ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ सार्वजनिक भएको छ। अर्जुन सुवेदीको शब्द रहेको गीतमा सुशान्त गौतमको स्वर छ।

गीतमा गायक सुशान्तले नै संगीत भरेका छन्। राकेश गुरुङ (किज)ले मिक्सिङ र मास्टरिङ गरेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसअघि ‘घामले तारा’, ‘दुल्हा दुल्हन’, र ‘हातैले उघाएर’ बोलको गीत सार्वजनिक भइसकेको छ।

ग्याङ्स्टार जनरामा बनेको फिल्ममा दुई शक्तिको खेल प्रस्तुत गरिएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ।

फिल्मका निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन भने कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्।

सुशन प्रजापतिले छायांकन गरेको फिल्म सुशन प्रजापतिले छायांकन गरेको फिल्म प्लानेट थ्री फिल्म्स् एन्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बनेको छ।

यस्तो छ गीत

प्रकाशित: १ चैत २०८० १२:१९ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast