यो सहकार्य वामपन्थी मोर्चाको यात्रा होइन : शंकर पोखरेल

हिमाल प्रेस १४ चैत २०८० ७:३४ | Wednesday, March 27, 2024
यो सहकार्य वामपन्थी मोर्चाको यात्रा होइन : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले सरकारमा पुगे पनि मिसन ०८४ को अभियान प्रभावित नहुने बताएका छन् ।

अहिलेको सहकार्य वामपन्थी मोर्चातर्फको यात्रा नभएको उनको भनाइ थियो।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै पोखरेलले सत्तामा सहकार्यसँगै एमालेले वैचारिक राजनीतिक प्रतिस्पर्धा गरिरहने बताएका हुन् ।

‘सरकारमा पुगेको कारणले गर्दा मिसन ०८४ के भयो भन्ने जिज्ञासा साथीहरूमा देख्ने गरेको छु। कौतुहलता र टिप्पणी गरेको भेट्छु। अहिले गरेको सहकार्य मिसन २०८४ साई सहयोग पुर्‍याउने गरी गरेका छौं’, पोखरेलले भने, ‘अहिलेको सरकार वामपन्थी सरकार होइन, यो सहकार्य न्यूनतम साझा प्राथमिकता र साझा संकल्पको आधारमा भएको हो। जे हो त्यही रूपमा बुझ्नुपर्छ। वामपन्थी मोर्चातर्फको यात्रा होइन, उद्वेलित वा प्रभावित हुनुपर्ने आवश्यकता छैन।’

पोखरेलले नेकपा एमाले समाजवादी मोर्चा या कुनै खालको मोर्चा बनाउने पक्षमा नरहेको बताए।

प्रकाशित: १४ चैत २०८० ७:३४ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast