यस्तो छ ‘बद्री बहादुर’को ट्रेलर

हिमाल प्रेस ८ चैत २०८० १६:२४ | Thursday, March 21, 2024
यस्तो छ ‘बद्री बहादुर’को ट्रेलर

काठमाडौँ-  शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्मकाे ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो।

ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारलाई देख्न सकिन्छ। फिल्ममा निर्देशक शोभित बस्नेतसहित जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंलगायत कलाकारको अभिनय छ।

अभिनेत्री पूजा शर्मा भने फिलमको गीतमा मात्र देखिएकी छन्। जसमा अभिनेता सलोनसँग उनको जोडी बाँधिएको छ।

निर्माण टिमले पोस्टरमार्फत धेरै हाँस्न नसक्ने दर्शकलाई फिल्म नहेर्न आग्रह गरेको छ। बलिउडका हास्यकलाकार कपिल शर्माले फिल्मलाई सफलताको शुभकामनासमेत दिएका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा शतप्रतिशत ढुक्क रहेको बताए। रामकाजी घिमिरे लेखन रहेको फिल्म विनोद सापकोटाले छायांकन गरेका हुन्। काठमाडौँ, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ।

बन्दे प्रसादले फिल्मको सम्पादन गरेका छन्। फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन छ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

यस्ताे छ  ट्रेलर

प्रकाशित: ८ चैत २०८० १६:२४ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast