यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

हिमाल प्रेस ८ चैत २०८० ११:५६ | Thursday, March 21, 2024
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका चार रिक्त पदमा नियुक्त गरेको छ।

आज बसेको बैठकले योजना आयोगका चार रिक्त पदमा प्रा संगीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने भएको छ।

संवत् २०८० चैत ८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दस जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल-२ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने।

२. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने ।

३. राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने।

प्रकाशित: ८ चैत २०८० ११:५६ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast