 
                             
                                            काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।
महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको थियो। त्यहाँबाट विमानमार्फत काठमाडौं ल्याइएका महरालाई नेपाल प्रहरीको सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ल्याएको हो। उनलाई अब जिल्ला अदालतमा उपस्थित गराई थुनामा राख्नका लागि सीआईबीले अनुमति माग्नेछ।
भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा नाइकेसँग महराले बारम्बार फोन सम्पर्क गरेको खुलासा भएपछि उनी यो प्रकरणमा तानिएका हुन्।
                            प्रकाशित: ५ चैत  २०८० १६:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 