‘मीरा’को दोस्रो पोस्टर

हिमाल प्रेस १८ चैत २०८० १६:२३ | Sunday, March 31, 2024
‘मीरा’को दोस्रो पोस्टर

काठमाडौँ- फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। फिल्मका लेखक तथा निर्देशक अनिता पण्डित हुन्। फिल्म बच्चामा देखिएको अस्वाभाविक सजग मानसिकस्थिति (अटिजम)को समस्या र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षकाे कथामा आधारित छ।

फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन्। फिल्ममा कलाकार सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की, बाल कलाकार आश्वि घिमिरेलगायतको अभिनय छ। विशाल घिमिरे तथा अनिता पण्डित निर्माता रहेको फिल्मका सह-निर्मातामा सोहन पण्डित छन्। फिल्म आश्वि फिल्म्स प्रालिले निर्माण गरेको हाे।

प्रकाशित: १८ चैत २०८० १६:२३ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast