मिर्गौला दिवसमा ओलीले भने : लापर्वाहीले मिर्गौला बिग्रिन्छ, सचेत बनौँ

हिमाल प्रेस १ चैत २०८० ७:३६ | Thursday, March 14, 2024
मिर्गौला दिवसमा ओलीले भने :  लापर्वाहीले मिर्गौला बिग्रिन्छ, सचेत बनौँ फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन अपील गरेका छन्।

विश्व मिर्गौला दिवसको अवसरमा उनले सामाजिक सन्जाल मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन ।

उनले लेखेका छन्,‘मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु।हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।’

उनले भनेका छन्‘ हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं’

प्रकाशित: १ चैत २०८० ७:३६ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast