मिटर ब्याजपीडितले चाहेमा उजुरी दर्ता गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

हिमाल प्रेस ८ चैत २०८० १६:०६ | Thursday, March 21, 2024
मिटर ब्याजपीडितले चाहेमा उजुरी दर्ता गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन राजधानीको भद्रकालीमा धर्नामा बसेका मिटर ब्याजपीडित। फाइल तस्बिर

काठमाडौँ– सरकारले मिटरब्याज पीडितको उजुरी दर्ता गर्न प्रहरीलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको निर्देशनमा पीडितले दर्ता गराउन चाहेमा कानुनबमोजिम दर्ता गरी अनुसन्धान र अभियोजन गर्न निर्देशन दिइएको हो।

‘मुलुकी फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था बमोजिम पिडितले मिटरब्याज सम्बन्धी उजुरी प्रहरी कार्यालयमा दर्ता गराउन चाहेमा कानुन बमोजिम दर्ता गरी अनुसन्धान र अभियोजन गर्ने’, निर्देशनमा उल्लेख छ।

यसैगरी हाल देखिएका अनुचित लेनदेन, लघुवित्त, सहकारी संस्थासँग सम्बन्धित वित्तीय गैरवित्तीय प्रकृतिका ठगीसम्बन्धी अपराधको सूचना संकलन तथा विश्लेषण गर्न मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्ता घटनाको छानबिन, अनुसन्धान गराई यस्तो कार्यमा संलग्न व्यक्ति, समूह उपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन पनि मन्त्रालयको निर्देशन छ।
अब गठन हुने अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोगले अघिल्लो आयोगको कार्यकालमा दर्ता भई हाल जिल्ला प्रहरी कार्यालयमा विचाराधीन रहेका उजुरीहरु जाँचबुझ प्रयोजनका लागि हेर्न चाहेमा उपलब्ध गराउन गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

प्रकाशित: ८ चैत २०८० १६:०६ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast