मिटरब्याजसम्बन्धी गुनासो छन्? म्यासेज गर्नुहोला

हिमाल प्रेस ६ चैत २०८० ९:१८ | Tuesday, March 19, 2024
मिटरब्याजसम्बन्धी गुनासो छन्? म्यासेज गर्नुहोला

काठमाडौँ- मिटरब्याज सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न शाखा अधिकृतलाई सम्पर्क व्यक्ति तोकेको छ।

यसअघि मिटरब्याजपीडितसँग भएको सहमतिअनुसार उजुरी, निवेदन र पीडितका गुनासा सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयमा डेक्स स्थापना गर्ने गृह मन्त्रालयले जनाएको हो।

गृहका अनुसार पीडितले गुनासो सुनाउन जिल्लास्तरमा समन्वय गर्ने गरी अधिकृत चिरन्जीवी जीएमलाई जिम्मवारी दिएको हो।

गृह मन्त्रालय र मिटरब्याजपीडितबीच गत फागुन २८ मा ४ बुँदे सहमति भएको हो। मिटरब्याजसम्बन्धी समस्या वा गुनासो सुनाउन ९८५१३६०६०३ मा भाइवर तथा ह्वास्टसप म्यासेज गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: ६ चैत २०८० ९:१८ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast