माओवादीले गरेन महरालाई निलम्बन

हिमाल प्रेस ६ चैत २०८० ११:०२ | Tuesday, March 19, 2024
माओवादीले गरेन महरालाई निलम्बन फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराबारे छलफल मात्र गरेको बताएको छ। आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले महराबारे ‘विविध कोणबाट छलफल भएको’ बताएको छ।

‘हामीले छलफल गर्‍यौ। तर निष्कर्षमा पुगेका छैनौँ।’ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष प्रवक्ता अग्नि सापकोटाले भने,‘यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ। छिटोभन्दा छिटो निस्कर्षमा पुग्छ।’

महराबारे बैठकमा विषय भने उठेको सापकोटाले बताए। बैठकमा जिम्मेवारी मुक्त गर्ने विषयमा पनि छलफल भएको सापकोटाले बताए।

महरा सुन प्रकरणमा सोमबार मात्रै पक्राउ परेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक बैठक बोलाएका थिए।

प्रकाशित: ६ चैत २०८० ११:०२ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast