मन्त्रिपरिषद्‌ विस्तार : जसपाका कार्की बने वन राज्यमन्त्री

हिमाल प्रेस १२ चैत २०८० १५:०३ | Monday, March 25, 2024
मन्त्रिपरिषद्‌ विस्तार : जसपाका कार्की बने वन राज्यमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको हो। फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनेयता तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो। कार्कीले आज सोमबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने छन्।

प्रकाशित: १२ चैत २०८० १५:०३ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast