मनऋषि धितालका सात पुस्तकमाथि बुटवलमा संवाद

हिमाल प्रेस २७ फागुन २०८० १७:२७ | Sunday, March 10, 2024
मनऋषि धितालका सात पुस्तकमाथि बुटवलमा संवाद

लुम्बिनी- पत्रकार एवं लेखक मनऋषि धितालले एकै साथ सार्वजनिक गरेको माओवादी जनयुद्धकालीन सात पुस्तकमाथि आइतबार बुटवलमा परिचर्चा गरिएको छ।

२०५९ देखि २०६३ सम्मको नेकपा माओवादीको जनयुद्धकालीन डायरीहरुको संग्रहका रुपमा लेखक एंव पत्रकार धितालले एकसाथ सातवटा पुस्तक प्रकाशन गरेका छन्। केही दिनअघि काठमाडौँमा सार्वजनिक गरिएको उक्त पुस्तकमाथि देशभर नै लेखकले संवाद गर्दै हिँडेका छन्।

गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधार यात्रा, राजमार्ग यात्रा र गण्डक यात्रा पुस्तकमाथि बुटवलका साहित्यकार र पत्रकारका बीचमा संवाद गरिएको हो।

पुस्तकमाथि वरिष्ठ लेखक एवं साहित्यकार दील साहनी, वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाई, मदनलाल पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, साहित्यकार लेखक गुरुदत्त ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता निर्मल जीसी, पूर्वजनमुक्ति सेना सुजित विक, रुद्रहरी कुँवर लगायतले पुस्तकमाथि चर्चा गर्दै माओवादी आन्दोलन र त्यतिखेरको वास्तविकता बाहिर ल्याउने काम गरेको बताए।

जनयुद्धकालिन समयको ऐतिहासिक दस्तावेजहरुलाई संग्रह गरेर सात वटा पुस्तकका रुपमा तयार पार्ने कार्य आफैमा जटिल भएको भन्दै लेखकलाई वक्ताहरुले धन्यवाद दिए।

पुस्तकका लेखक धितालले पुस्तक २०५९ देखि २०६२÷६३ को परिवेशमा भएका घटनाक्रमहरुलाई लिपिवद्ध गरेको बताए। उनले आफूले तत्तकालिन समयमा निकै दुःखले जोगाएका डायारीहरुबाट सातवटा पुस्तक बनेको बताए। तत्कालीन समयमा पाल्पा, रुपन्देही, तनहुँ, कास्कीका परिवेश र सन्दर्भहरु पुस्तकमा उल्लेख गरेको भन्दै प्राप्त सुझावहरुका आधारमा आगामि लेखनयात्रा अघि बढाउने उनको प्रतिबद्धता छ।

पुस्तकका सम्पादक राजकुमार कुँवर हुन्। उनले लेखक धितालले ६ वटा पुस्तक तत्त्कालिन माओवादी जनयुद्धका यात्राहरुसँग सम्बन्धित र गुफाको प्रेस भूमिगत अवस्थामा पत्रकारिता गर्दाको अवस्थालाई चर्चा गरिएको बताए।

लेखक धितालले फागुन १ गते पुस्तक सार्वजनिक गरेपछि पश्चिम नेपालमा पुस्तकमाथि संवाद गर्दै आइरहेका छन्।

प्रकाशित: २७ फागुन २०८० १७:२७ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast