 
                             
                                            काठमाडौँ- मध्यपुर थिमि नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लगायतका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।
नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचनामार्फत करार सेवामा ईसीडी शिक्षक तथा अतिरिक्त क्रियाकलापका लागि शिक्षक माग गरेको हो।
नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन मागिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले १५ जना ईसीडी शिक्षक, संगीत शिक्षक १ जना, नृत्य शिक्षक १ जना, कम्युटर शिक्षक १ जना र मार्सल आर्ट शिक्षक २ जना माग गरेको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ। तलबभत्ता नगरपालिकाले सहयोग अनुदानका लागि तोकेको नियमानुसार हुने बताइएको छ।
विस्तृत


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 