मण्डलामा ‘आकाशको बाटो’

हिमाल प्रेस २८ फागुन २०८० ११:४३ | Monday, March 11, 2024
मण्डलामा ‘आकाशको बाटो’

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। सामाजिक सञ्जालमार्फत सोमबार पोस्टर सार्वजनिक गर्दै नाटक मञ्चन हुन लागेको थिएटरले जनाएको छ।

नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन्। पछिल्लाे समय समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावलगायत विभिन्न कारणले नेपाली युवाहरु बाहिरिने चलन प्रथाकै रुपमा स्थापित हुँदै गईरहेको र त्यसले समाजमा निम्त्याएको प्रभाव र परिवर्तनको दस्ताबेजलाई नाटकमार्फत देखाउन खाेजेकाे निर्देशक चौधरीले बताए। ‘यो सामाजिक यथार्थपरक नाटक हो।’ उनले भने।

नाटकमा कलाकार सोहित रावल, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति के.सी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राई, कृष्ण गुरुङ (कृष), कोहिनूर विश्वकर्मा, मञ्जिल श्रेष्ठ, दिपक श्रेष्ठ, विजय तामाङ(ब्लोन), मान बहादर हिराङ्ग साम्पाङ्ग राई, सुशान्त पन्त, जीवन ठाकुर, पविन तामाङ्ग, रविन साहशकर, मनोज केसी, मुकेश पाण्डे पभात आङ्गबो लिम्ब र शीतल वाग्लेको अभिनय रहनेछ।

थिएटरकै प्रस्तुति रहेकाे नाटक सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई साे हुने थिएटरले जनाएको छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।

 

प्रकाशित: २८ फागुन २०८० ११:४३ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast