भृकुटीमण्डपमा पुष्प प्रदर्शनी [फोटो फिचर]

दिपेश श्रेष्ठ २ चैत २०८० १६:१० | Friday, March 15, 2024
भृकुटीमण्डपमा पुष्प प्रदर्शनी [फोटो फिचर]

काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा २५ औं फ्लोरा एक्स्पो भइरहेको छ। चैत १ गतेदेखि सुरु भएको प्रदर्शनी चैत ४ गतेसम्म चल्नेछ।
प्रदर्शनी फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको हो।

स्वच्छ वातावरण तथा आर्थिक समृृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सीताराम पन्तले जानकारी दिए। एक्स्पोमा व्यावसायिक स्टल ६० वटा, ल्यान्डस्केपिङ स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र फुड स्टलसहित ७३ वटा स्टल छन्।

मेलामा आलंकारिक बोटबिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्रीलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन्। प्रदर्शनीमा फूल किन्न आउनेरू पनि बढिरहेका छन्।

प्रकाशित: २ चैत २०८० १६:१० | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast