भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु

हिमाल प्रेस १८ चैत २०८० १४:३८ | Sunday, March 31, 2024
भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

मकवानपुर– मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दीप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरबाट दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन्। रासस

प्रकाशित: १८ चैत २०८० १४:३८ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast