काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री तथा केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा शल्यक्रिया भएको छ। उनका स्वकीय सचिव कमल रावलका अनुसार बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको हो।
आरजु उपचारका लागि चैत २ गते भारत गएकी थिइन्।

प्रकाशित: १५ चैत २०८० १२:५४ | Thursday, March 28, 2024
प्रतिक्रिया



