बोली चिप्लेर गोकुललाई मन्त्रीबाट हटाए तर भएको केही थिएन : ओली

हिमाल प्रेस ६ चैत २०८० १२:०२ | Tuesday, March 19, 2024
बोली चिप्लेर गोकुललाई मन्त्रीबाट हटाए तर भएको केही थिएन : ओली

धनगढी- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोँकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर कांग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने।

उनले आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसंग उल्लेख गर्दै भने।

‘मैले बोलाइ चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन। नेपाली कांग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने?’ ओलीले प्रश्न गरे।

उनले कांग्रेसले सरकार छोडनुपरेको पीडामा छाती पिटिरहेको आरोप समेत लगाए। ‘कांग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पिडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुँदै के भन्छ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन’ ओलीले भने।

प्रकाशित: ६ चैत २०८० १२:०२ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast