‘बोक्सीको घर’को गीत ‘जिन्दगी’

हिमाल प्रेस ८ चैत २०८० १२:१७ | Thursday, March 21, 2024
‘बोक्सीको घर’को गीत ‘जिन्दगी’

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’को ‘जिन्दगी’ बाेलकाे गीत सार्वजनिक भएको छ। सुलक्षण भारतीको शब्द रहेको गीतमा स्वीअरिती र निहारिकाको स्वर छ। गीतमा मोनिस निरौलाले संगीत भरेका छन्।

गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारतीलाई देख्न सकिन्छ। भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ।

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म आगामी वर्ष वैशाख १४ मा प्रदर्शन हुनेछ। सामाजिक थ्रिलर जनरामा बनेको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ।

फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने निर्माण टिमको दाबी छ। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि फिल्म बनेको छ। फिल्ममा केकी र सुरक्षणसहित सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

सुलक्षणकै लेखन तथा निर्देशन रहेको फिल्ममा केकीका बा बद्री अधिकारी निर्मातामा छन्। फिल्मको कार्यकारी निर्माता राज घिमिरे हुन्। फिल्म शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादनमा बनेको छ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमासमेत लैजाने योजना रहेको अभिनेत्री केकीले बताइन्।

प्रकाशित: ८ चैत २०८० १२:१७ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast