बुटवल-नारायणगढ सडकको सास्ती अन्त्य गरिन्छ : मन्त्री महासेठ

हिमाल प्रेस २ चैत २०८० २१:१५ | Friday, March 15, 2024
बुटवल-नारायणगढ सडकको सास्ती अन्त्य गरिन्छ : मन्त्री महासेठ

लुम्बिनी- उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवल-नारायणगढ सडकको सास्ती अन्त्य गर्ने बताएका छन्। यो सडकको कामका विषयमा सबैभन्दा बढी आलोचना सुन्नु परेको बताउँदै अब त्यस्तो आलोचना र गुनासो सुन्न नपर्ने गरी काम हुने उनको भनाइ छ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलमा उद्घाटन गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन्। उनले अहिलेसम्म देखा परेका बाधा ब्यवधानहरु समेत समाधान भएर बुटवल-नारायणगढ सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढ्ने बताए।

मन्त्री महासेठले लुम्बिनीको मात्र नभएर मुलुककै अर्को महत्त्वपूर्ण परियोजना सिद्धबाबा सुरुङमार्गको काम समेत तीव्र रुपमा अगाडि बढेको बताए। उनले यो आयोजना २०८३ चैत्र भित्रै सम्पन्न हुने समेत बताए। ‘सिद्धबाबा सुरुङमार्गको काममा कुनै समस्या छैन, हरसम्भव छिटो काम सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

मन्त्री महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकको निर्माणको काम पनि अब छिट्टै नै अगाडि बढ्ने बताए।

प्रकाशित: २ चैत २०८० २१:१५ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast