बाँकेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस २९ फागुन २०८० १५:४७ | Tuesday, March 12, 2024
बाँकेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सात हजार रुपैयाँ घूससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत अधिकृत पार्धेविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानका लागि सिफारिश गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएका थिए। उनलाई विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

आयोगले ७ हजार रुपैयाँ बिगो कायम गरेर सोही बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

प्रकाशित: २९ फागुन २०८० १५:४७ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast