‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’

हिमाल प्रेस १८ चैत २०८० १५:५१ | Sunday, March 31, 2024
‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’

काठमाडौँ-  फिल्म ‘बद्री बहादुर’को ‘मेरो जीवनको’ बोलको गीत सार्वजनिक भएकाे छ। उजन नेम्बाङको स्वर, शब्द र संगीत रहेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङको अभिनय छ।कमेडी जनरामा आधारित फिल्म आगामी शुक्रबार अर्थात् चैत २३ मा प्रदर्शन हुनेछ।

फिल्मका निर्देशक शोभित बस्नेत हुन्। धेरै हाँस्न नसक्ने दर्शकलाई फिल्म नहेर्न निर्माण टिमको आग्रह छ। फिल्मको निर्माता मिथुन भोटे हुन्। सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्मातामा छन्। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा बनेको छ।

यस्ताे छ गीत

प्रकाशित: १८ चैत २०८० १५:५१ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast