फूलले बढाएको सौन्दर्य [तस्बिरहरू]

दिपेश श्रेष्ठ ४ चैत २०८० १३:५३ | Sunday, March 17, 2024
फूलले बढाएको सौन्दर्य [तस्बिरहरू]

काठमाडौँ- उपत्यकामा ढकमक्क फुलेका फूलहरूले ऋतु परिवर्तनको सन्देश दिएको छ। चैत्र महिनासँगै वसन्त ऋतुको आगमन भएको छ। बोटबिरुवाका नयाँ पालुवा पलाएका छन्, देशैभरी हरियाली छाएको छ। अहिले काठमाडौँ, भक्तपुर, ललितपुरमा चेरी, पैंयु तथा अन्य फूलहरू फुलेका छन्।

जापान, चीनमा छुट्टै महत्व बोकेको आरु प्रजातिका यी फूलहरूले अहिले गैरीगाउँ-सिनामंगल, बागमती करिडोर सडक किनार, भृकुटीमण्डप पार्क तथा अन्य ठाउँको सौन्दर्य बढाएको छ। युवाले चेरीका फूलसँगै आफूलाई तस्बिरमा कैद गराइरहेको भेटिन्छ। सहरको कोलाहलको बीच केही समय आफ्ना मन भुलाएका छन्।

प्रकाशित: ४ चैत २०८० १३:५३ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast