फुटबलर एञ्जिलाको जीवनमा आधारित फिल्म माघ ११ मा

हिमाल प्रेस १५ चैत २०८० १३:२६ | Thursday, March 28, 2024
फुटबलर एञ्जिलाको जीवनमा आधारित फिल्म माघ ११ मा

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘एञ्जिला’ निर्माण गरिएको छ। उक्त फिल्म २०८१ माघ ११ गते प्रदर्शन गर्ने तय गरिएको छ।

‘एञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छाया‌ंकन गरिएको उक्त फिल्ममा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गरेको हो। दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्ने भएकाले सो चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताए।

‘प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ। एञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहे पनि प्रस्तुतीकरण चलचित्रकै शैलीमा छ’, निर्देशक चाम्सले भने। उनले सार्वजनिक प्रदर्शन अगाडि बेलायत, हङकङ लगायतका ठाउँमा प्रथम प्रदर्शनी गरिने जानकारी दिए।

दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल भएकी सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले एञ्जिला तयार पारेका छन्।

उक्त फिल्ममा खेलाडी सुब्बासँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा यम थापाले लेखन, मिलन श्रेष्ठले सम्पादन र सुदीप बरालले छायांकन निर्देशन गरेका हुन्।

प्रकाशित: १५ चैत २०८० १३:२६ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast